४ बैशाख २०८३, शुक्रबार April 17, 2026

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा दुईजनाको मृत्यु

५ चैत्र २०८२, बिहीबार
ट्रकले गोरुगाडालाई ठक्कर दिँदा दुईजनाको मृत्यु

धनगढी, ५ चैत । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ५ बैजपुर स्थित हुलाकी सडक खण्डमा ट्रकले गोरुगाडालाई ठक्कर दिँदा दकुईजनाको मृत्यु भएको छ ।
बुधबार राति ना. ६ ख ७७८ नम्बरको ट्रकले गोरुगाडालाई ठक्कर दिँदा गोरुगाडामा सवार कैलारी ५ पवेराका ६० बर्षिय कलेसु चौधरी र उनकै श्रीमती ७० वर्षिय सीतारानी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुबैजनालाई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका लागि ल्याइएको थियो । तर सेतानु चौधरीलाई चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको र कलेसु चौधरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा एक गोरुको मृत्यु भएको र एकवटा घाइते भएको जनाइएको छ । ट्रक र ट्रक चालक धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बोराडाँडीका ३३ वर्षिय रुबिन थापामगरलाई प्रहरीले नियन्त्रणम लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।