५ बैशाख २०८३, शनिबार April 18, 2026

‘प्रदेशको समग्र विकासका लागि क्रियाशिल रहने छु’

२६ फाल्गुन २०८१, सोमबार
‘प्रदेशको समग्र विकासका लागि क्रियाशिल रहने छु’

धनगढी, २६ फागुन । नेपााली कांग्रेसका सभापति शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेशको समग्र विकासका लागि आफू क्रियाशिल रहने बताएका छन् ।
सोमबार कांग्रेसको सुदूरपश्चिम प्रदेश सम्मेलनको उद्घाटन गर्न धनगढी पुगेका सभापति देउवाले सो कुरा बताएका हुन् । सभापति देउवाले राजतन्त्र स्थापनाको कुरा हल्ला मात्र भएको पनि बताएका छन् । धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूले काठमाडौंमा राजसंस्था पक्षधरहरूले निकालेको ¥यालीको विषयमा राखेको जिज्ञासाबारे उनले हल्लामात्र भएको बताए ।
उनले भने, ‘राजतन्त्रको विषयमा मलाई थाहा छैन, अनावश्यक हल्ला हो, मलाई केही थाह छैन ।’ यस्तै उनले नेपालको आन्तरिक राजनीतिमा कुनै बाह्य हस्तक्षेप नभएको समेत स्पष्ट पारे ।
सम्मेलनमा सहभागी हुन उपसभापति गोपालमान श्रेष्ठ, कांग्रेस महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महत, नेता बालकृष्ण खाण, कृष्णप्रसााद, सिटौला, एनपी साउद, शशांक कोइराला लगायतका नेताहरू धनगढी आएका छन् ।