३ असार २०८१, आईतवार June 16, 2024

धनगढीमा प्रादेशिक ललितकला प्रदर्शनी (फोटो फिचर)

२१ फाल्गुन २०८०, सोमबार
धनगढीमा प्रादेशिक ललितकला प्रदर्शनी (फोटो फिचर)

धनगढी, २१ फागुन । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ ।
नेपाल ललितकला प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा प्रादेशिक ललितकला प्रदर्शनी आइतबार देखि सुरु भएको हो । प्रदर्शनीको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरे । सो क्रममा उनले प्रदेश सरकारले ललितकलामा क्रियाशील सृजनशील व्यक्तिको उच्च सम्मान गर्ने बताए ।


फागुन २४ गतेसम्म हुने प्रदर्शनीमा हस्तकला, चित्रकला, मूर्तिकला र लोककला समावेश रहेको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले जानकारी दिए ।

फोटोः ठाकुर करियाप्रधान