२४ कार्तिक २०८१, शनिबार November 9, 2024

धनगढीमा प्रथम प्राज्ञिक राष्ट्रिय सम्मेलन हुने

१६ चैत्र २०७९, बिहीबार
धनगढीमा प्रथम प्राज्ञिक राष्ट्रिय सम्मेलन हुने

धनगढी । धनगढीमा प्रथम प्राज्ञिक राष्ट्रिय सम्मेलन आयोजना हुन गइरहेको छ ।
कैलाली बहुमुखी क्याम्पस धनगढीको आयोजनामा यही चैत १८ र १९ गते सम्मेलन हुने बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । सुदूरपश्चिम विश्व विद्यालय अन्र्तगत रहेको केएमसीले पहिलो पटक उक्त सम्मेलन हुन लागेको जनाएको छ । सम्मेलन धनगढीको ओम प्यालेसमा हुने जनाएको छ ।


प्रथम प्राज्ञिक राष्ट्रिय सम्मेलनमा मुलुकभरका प्राध्यापक तथा उप–प्राध्याकहरुले आफ्नो अध्ययन र अनुसन्धान प्रस्तुत गर्ने बताइएको छ । केएमसीका उप–प्राध्यापक मोहनसिंह साउँदले दिएको जानकारी अनुसार सम्मेलनमा ६२ जनाले विभिन्न विषयमा आफ्नो प्रस्तुति राख्नेछन् ।
‘सम्मेलनमा आफ्नो प्रस्तुति राख्नका लागि देशव्यापी रुपमा ७६ जनाको दावी परेको थियो’, साउँदले भने–‘उनीहरु मध्येमा ६२ जनाले आफ्नो प्रस्तुति राख्ने छन् ।’ सम्मेलनमा सुदूरपश्चिम विश्वविद्यालय, नेपाल सांस्कृतिक विश्व विद्यालय, त्रिभुवन विश्व विद्यालय, काठमाण्डौँ विश्व विद्यालय, गण्डकी विश्वविद्यालय र भारतको लखनउ लगायतका विश्वविद्यालयबाट ६२ जनाले आफ्नो प्रस्तुति राख्नेछन् ।
सम्मेलनमा सुदूरपश्चिम विश्वविद्यालय, नेपाल सांस्कृतिक विश्व विद्यालय, त्रिभुवन विश्व विद्यालय, काठमाण्डौँ विश्व विद्यालय, गण्डकी विश्वविद्यालय र भारतको लखनउ लगायतका विश्वविद्यालयबाट ६२ जनाले आफ्नो प्रस्तुति राख्नेछन् । राष्ट्रिय सम्मेलन क्याम्पसमै हुनेछ । बिहान ७ बजे देखि बेलुका ५ बजेसम्म हुने सम्मेलनमा एक जनाले १५ मिनेट जति आफ्नो प्रस्तुति राख्ने छन् ।
कैलाली बहुमुखी क्याम्पसको इतिहासमा पहिलो पटक सुदूरपश्चिममा सम्मेलन हुन लागेको उप–प्राध्यापक साउँदले बताए । प्राज्ञिक व्यक्तिहरुले समाजमा रहेका संस्कारहरुलाई सम्मेलनमा झल्काउने विश्वास उनको रहेको छ ।
सम्मेलनमा ४ वटा विधालाई समेटिएको छ । जस अन्र्तगत शिक्षा, व्यावस्थापन, विज्ञान र समाजलाई रहेको जनाएको छ । सम्मेलनले देश विदेशका अनुसन्धानकर्ताहरुले समाजमा लुकेर रहेका कुरालाई बाहिर ल्याउन सहयोग पुग्ने प्राध्यापक डा. राजेन्द्रबिर चन्दले विश्वास व्यक्त गरे । उनले सुदूरपश्चिममै पहिलो पटक अनुसन्धानमा आधारित सम्मेलन हुन लागेको हँुदा यहाँका नागरिकहरुलाई सहभागि भएर जानकारी लिईदिन आग्रह समेत गरेका छन् ।