१९ फाल्गुन २०८०, शनिबार March 2, 2024

नयाँ वर्षको अवसरमा धनगढीमा हाफ म्याराथन प्रतियोगिता

१४ चैत्र २०७९, मंगलवार
नयाँ वर्षको अवसरमा धनगढीमा हाफ म्याराथन प्रतियोगिता

धनगढी । नयाँ वर्ष २०८० को अवसरमा यस वर्ष पनि धनगढीमा हाफ म्याराथन प्रतियोगिता हुने भएको छ ।
हरेक वर्ष प्रतियोगिता गर्दै आएको जेसिजले यस वर्ष पनि प्रतियोगिता आयोजना गनेए भएको छ । ‘अब धनगढी दौडिन्छ’ भन्ने मूल नाराका साथ धनगढी जेसिजले नवौँ संस्करणको हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्न लागेको हो । धनगढी जेसिजले आज पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त कुराको जानकारी गराएको हो ।
धनगढी जेसिजका अध्यक्ष मोहन ओझाले प्रतियोगिता वैशाख १ गते बिहान ७ बजे धनगढी रङ्गशालाबाट सुरु हुने बताए । उनले म्याराथन प्रतियोगितामा विभिन्न ४ विद्या समावेश गरिएको जानकारी दिए ।
म्याराथन प्रतियोगितामा खुला (२१.१ किलोमिटर), कर्पोरेट र सञ्चार (५ किलोमिटर), ट्राई साइकल रेस (५ किलोमिटर) र महिला (५ किलोमिटर) गरि चार विद्या आयोजना गर्न लागेको प्रतियोगिताका संयोजक मनिष कुँवरले बताए ।
म्याराथन प्रतियोगितामा खुला तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५५ हजार ५५५, ३३ हजार ३३३ र २२ हजार २२२ रुपैयाँ नगद प्राप्त गर्नेछन् । त्यस्तै कर्पोरेट र सञ्चार तर्फ ५ हजार ५५५, ३ हजार ३३३ र २ हजार २२२ रुपैयाँ पुरस्कार राखिएको संयोजक कुँवरले बताए ।
यसै गरी, ट्राई साइकल तर्फ सहभागी सबैलाई पुरस्कार दिइने बताउँदै संयोजक ओझाले महिलातर्फ विजयी हुनेले क्रमशः ५ हजार ५५५, ३ हजार ३३३ र २ हजार २२२ रुपैयाँ पुरस्कार दिइने बताए ।