२४ कार्तिक २०८१, शनिबार November 9, 2024

खख्डेहरा पर्वको अवसरमा फागुन ३० गते कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा

२८ फाल्गुन २०७९, आईतवार
खख्डेहरा पर्वको अवसरमा फागुन ३० गते कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा

धनगढी । राना थारु समुदायको खख्डेहरा पर्वको अवसरमा फागुन ३० गते सार्वजनिक विदा दिइएको छ ।
पर्वको अवसरमा सुदूरपश्चिमका २ जिल्ला कैलाली र कञ्चनपुरमा सुदूरपश्चिम प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गरेर कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिएको जानकारी गराइको हो ।

यस अघि चैत १ गते बिदा दिने निर्णय गरेको भए पनि अहिले फागुन ३० गते बिदा दिने गरी मिति संशोधन गरिएको जनाएको छ ।
कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारू समुदायले आफ्नो सबैभन्दा ठूलो महत्वपूर्ण पर्व होरीको अन्तिम दिनका रुपमा खखडेहरा मनाउँछन् । एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खख्डेहरा मनाउने गर्दछन् ।