१४ मंसिर २०८०, बिहीबार November 30, 2023

हसुलियामा निःशुल्क आँखा जाँच शिविर हुने

२८ फाल्गुन २०७९, आईतवार
हसुलियामा निःशुल्क आँखा जाँच शिविर हुने

हसुलिया । कैलालीको कैलारी गाउँपालिका हसुलियामा निःशुल्क आँखा जाँच शिविर हुने भएको छ ।
रोटरी अष्ट्रेलिया र रोटरी क्लब अफ सेन्ट्रल बाँकेको संयुक्त आयोजना तथा कैलारी गाउँपालिकाको सहकार्यमा अगामी चैत्र ८ गते आँखा जाँच शिविर हुने भएको हो । आँखा जाँच शिविर गाउँपालिकाको सभाहल (साझा हल) मा हुने जनाइएको छ ।
आँखा जाँच शिवरमा आवश्यकता अनुसार विरामीलाई निःशुल्क चश्मा वितरण, शिविरमा छनौट भएका जलविन्दु तथा मोतियाविन्दुका विरामी एवं आँखामा मासु पलाएका विरामीहरुको गेटा आँखा अस्पतालमा निःशुल्क अप्रेशन सुविधा र रोगको प्रकृति एवं आवश्यकता अनुसारको औषधी वितरण गर्ने जनाइएको छ ।