३१ बैशाख २०८३, बिहीबार May 14, 2026

होलीमा जथाभावी रङ दल्नेलाई कैलाली प्रशासनले कारवाही गर्ने

२२ फाल्गुन २०७९, सोमबार
होलीमा जथाभावी रङ दल्नेलाई कैलाली प्रशासनले कारवाही गर्ने

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले होलीमा जथाभाबी रङ दल्ने र उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही गर्ने भएको छ ।
प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले आइतबार एक सूचना जारी गर्दै होलीका अवसरमा कोही कसैको इच्छा विपरीत जथाभाबी रङ दल्ने, लोला तथा पानी छ्याप्ने, बाटो ढुकेर बटुवालाई रङ्ग लगाउन कार्य गरे कारबाही गरिने जनाएका हुन् ।
उक्त सूचनामा बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सार्वजनिक ठाउँहरूमा हो–हल्ला गर्ने, कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका र सार्वजनिक शान्ति व्यवस्थामा खलल पुर्‍याउने जस्ता अराजक, उच्छृङ्खल एवं अवाञ्छित कार्यहरू नगर्न अनुरोध गरिएको छ। तराइमा फागुन २३ गते भोली होली पर्व मनाइँदै छ ।