कैलाली । प्रतिनीधी सभा सदस्य गंगागराम चौधरीले स्थानीयहरुको समस्या बुझ्न घरदैलो अभियानमा निस्केका छन् ।
कैलाली क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनीधी सभा सदस्य चौधरीले स्थानीयहरुको समस्या र विकास निर्माणका गतिधिी बुझ्न बुधबार कैलारी गाउँपालिका अन्र्तगतका विभिन्न गाउँबस्तीमा पुगेका हुन् ।
उनले कैलारी गाउँपालिका वडा नम्बर ७ हौसलपुर र वडा नम्बर ३ को शिवरत्नपुर र मोहनपुर गाउँका स्थानीयहरुको समस्या बुझेका थिए । स्थानीयहरुले उनलाई बाढी, कटान, डुबान, पटानको समस्या देखि लिएर गाउँघरको विकास निर्माण, शिक्षा, स्वास्थ्य खानेपानी लगायतको समस्या दर्शाएका थिए ।
यसैबिच सामाजिक सहकार्य परियोजना नेपालका अध्यक्ष भीष्मराज चौधरीले गाउँपालिकामा रहेको विभिन्न समस्याको सम्बोधनका लागि प्रतिनीधी सभा सदस्य चौधरीलाई मागपत्र बुझाएका थिए ।
उनले बाढीबाट बर्षेनी हुने डुबान कटान, पटानको समस्यालाई सम्बोधन गर्न, गाउँपालिका भित्र रहेका शिक्षा, स्वास्थ्य, खानेपानीको समस्या सम्बोधन गर्न, विकास निर्माणका अधुरा काम तत्काल सम्पन्न गर्न, छाडा चौपाया व्यवस्थापन, कृषकहरुका लागि समयमा विउविजन, मलखाद र सिँचाइका लागि गुर्गी बाँधको निर्र्माण गर्नुपर्ने लगायतका मागपत्र बुझाएका थिए ।
स्थानीयहरुको समस्या र मागपत्र बुझ्दै प्रतिनीधी सभा सदस्य चौधरीले आफूबाट हुने सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।