२० मंसिर २०८१, बिहीबार December 5, 2024

श्रमको मूल्यांकन नहुँदा महिलालाई पत्रकारितामा टिक्नै गाह्रो

९ चैत्र २०७८, बुधबार
श्रमको मूल्यांकन नहुँदा महिलालाई पत्रकारितामा टिक्नै गाह्रो

कैलाली । पत्रकारिता पेशामा महिला पुरुष बिच हुने श्रम र अवसरमा विभेद हुँदा महिलाहरुलाई टिक्नै गाह्रो भएको निश्कर्ष छ । सुदूरपश्चिम प्रदेशका पत्रकार महिलाहरुको प्रदेशस्तरीय भेलामा यस्तो निश्कर्ष आएको हो ।
कार्यक्रममा सहभागी अछाम जिल्लाका पत्रकार कल्पना बोहराका अनुसार महिलाहरु पनि क्षमताको हिसाबले कसै भन्दा कम छैनन् तर पनि श्रममा विभेद भएको छ ।
‘म अछामको एक रेडियोमा काम गर्छु, क्षमताको हिसाबले कोही भन्दा कम छैन । रेडियो विग्रिदा टावरमा आफै चढेर बनाउँछस । सामाचार लेख्ने पढ्ने, कार्यक्रम उत्पादन गर्नेदेखि अफिसियल सबै काम आफै गर्छु तर पुरुष सहकर्मी जतिको तलब पाउँदैन ।’
उनले पहाडको रेडियो महिला कर्मचारीहरुबाटै टिकेको हुन्छ, तर काम र श्रमको मूल्यांक हुन नसकेको गुनासो पोखिन् ।
बैतडीका पत्रकार तृप्ती शाहीले पत्रकार महिलाहरु रेडियो सञ्चालकको नियन्त्रणमा हुने भएकोले अवसरबाट बञ्चितिकरणमा परेको बताए । सुदूरपश्चिममा रहेर काम गर्दाको चुनौतीसंगै अवसरपनि होला तर महिलाहरु ति अवसर प्राप्त गर्न नसकेको उनले बताईन् । पत्रकार महासंघ श्रमजीविहरुको छाता संगठन हो तर आफूलाई भोटकोरुपमा मात्रै हेरिएको गुनासो गरिन् ।
यस्तै डडेल्धुराका राधा फुलाराले पत्रकारिता गरेको ८ वर्ष भयो तर भूगोलका अधारमा आफूमाथि विभेद भएको महशुस भईरहेको बताईन् । उनले सञ्चारगृहले हामीलाई टिकाई राख्नु कुनै खालको रणनीति नबनेकोले पत्रकार महिलाहरु पेशामा टिक्न नसकेको बताईन् ।
महिला पत्रकारहरुले गरेको कामको मूल्यांकन नियूक्ती पत्रको अनुगमन श्रममा विभेद लगायतको समस्या रहेको बताइन् ।
डडेलधुराका ममता भट्टले आफ्नो बाँच्ने आधार नै सञ्चारगृह भएपनि सञ्चालकले आफ्नो रिर्पोटरको क्षमता विकासमा ध्यान नदिद पेशाबाट पलायन हुनुपर्ने बताईन् । पत्रकारिता पेशा भित्रै ठूलो राजनीतिकरण भईरहेको उनको तर्क थियो ।
नेपाल पत्रकार महासंघका महासचिब रोशनपुरीले न्यूनटम पारिश्रमिक निर्धाण समितिले सिफारिस गरेर नेपाल सरकारको राजपत्रमा आएको कानून कार्यनवय हुन जरुरी रहेको बताए । सुदूरपश्चिमका पत्रकार महिलाहरुले उठाएको सवालमा नेपाल पत्रकार महांसंघले सामाधान गर्ने विश्वास दिलाए ।
महासचिब पुरीले कार्यस्थलमा हुने हिंसा भोगेका प्रभावितहरुको निबेदनको आधारमा नेपाल पत्रकार महासंघले पीडकलाई कानूनी डायरामा ल्याउन पहल गर्ने बताए । साथै महासंघले एक वर्षको अवधिमा २८० जनालाई उपचारको लागि सहुलियत गरिसकेको जानकारी दिए ।

पत्रकार महिलाहरु सवालमा केन्द्रीत हुनपर्छः कानून मन्त्री जोशी
आर्थिक मामीला तथा कानून मन्त्री पुर्णा जाशीले पत्रकारिता क्षेत्रमा आवद्ध भएका पत्रकार महिलाहरु सवालमा केन्द्रीत भएर काम गर्न अनुरोध गरिन् । उनले महिलाहरुको सवालमा कलम चलाउदा कहिपनि विभाजित नहुन एकजुट हुनुपर्ने बताइन् ।


लेखाई स्वतन्त्र हुनुपर्छ, राजनीतिक पुर्वाग्रही भएर नलेख्न अनुरोध गर्दै महिलामाथि हुने हिंसा दुर्वव्यवहार लगाएतका विषयमा एकजुट भएर पीडितलाई न्याय दिने हिसावले कलम चलाउनुपर्ने बताइन् ।

पत्रकार समाज परिवर्तनको संवाहक भएकेले यो क्षेत्रमा महिलाको संख्या र क्षमताबृद्धि गर्न एकदमै जरुरी रहेको मन्त्री जोशीले बताइन् ।

घोषणा–पत्र

१. पत्रकार महिलाको भौतिक तथा पेशागत सुरक्षा, नियमानुसारको पारिश्रमिक उपलब्धता र पेशागत स्थायित्वका लागि सम्वद्ध सबै पक्षसँग यो भेला जोडदार माग गर्दछ ।
२. सुदूरपश्चिम क्षेत्रका पत्रकार महिलाको दक्षता अभिबृद्धिको लागि आवश्यकता अनुरुप बिषयगत तालिम कार्यक्रमहरु सञ्चालन गर्न यो भेला जोडदार माग गर्दछ ।
३. सम्पूर्ण संचार गृह समक्ष पत्रकार नियूक्ति र पदोन्नतीमा समावेशी नीति अपनाउन यो भेला जोडदार माग गर्दछ ।
४. नीतिगत र नेतृत्व तहमा पत्रकार महिलाको सहभागिता सुनिश्चित गर्न सञ्चार सम्वद्ध विभिन्न निकायमा हुने नियूक्तिमा पत्रकार महिलाको समान सहभागितालाई सुनिश्चित गर्न तीन वटै तहका सरकारसमक्ष जोडदार माग गर्दछौ ।
५. आमसंचार नीति र श्रमजिवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन गर्नुका साथै सञ्चार सम्बन्धी प्रदेश र स्थानीय कानूनहरु अविलम्व निर्माण गरी लागु गरियोस् र त्यस्ता कानूनमा पत्रकार महिलालाई विशेष व्यवस्थाको नीति अवलम्वन गरियोस् ।
६. केन्द्र, प्रदेश र स्थानीय स्तरमा महिलाद्घारा सञ्चालित छापा तथा विद्युतिय संचार माध्यमको स्थायित्वका लागि संरक्षण, सम्वद्र्धन र प्रोत्साहन गर्नका प्रदेश र स्थानीय सरकार समक्ष आवश्यक नीतिगत व्यवस्थाका लागि यो भेला जोडदार माग गर्दछ ।
७. सबै संचारमाध्यमले कार्यरत पत्रकारहरुलाई नियूक्ति पत्र अनिवार्य दिन र आन्तरिक लैंगिक नीति बनाएर कार्यान्वयन गर्न यो भेला जोडदार माग गर्दछ ।
८. नेपाल पत्रकार महासंघ केन्द्रिय समिति, प्रेस काउन्सिलले उपलब्ध गराउँदै आएको पत्रकार उपचार सहायता र सञ्चार उपकरण खरिद रकम उपलब्ध गराउने विद्यमान ब्यवस्थामा पुनरावलोकन गरी पत्रकार महिलाहरुलाई विशेष प्राथमिकता प्रदान गर्न विशेष आग्रह गर्दछौं । साथै वीमा ब्यवस्था, पत्रकार महिलाका लागि फेलोसिपका कार्यक्रम, अध्ययन छात्रवृतिमा प्राथमिकता प्रदान गर्न यो भेला जोडदार माग गर्दछ ।
९. महिला माथि हुने सबै प्र्रकारका हिंशाका घटनाहरुको कानूनसम्मत तवरले सशक्त प्रतिरोध गर्न यो भेला सबैमा आव्ह्रान गर्दछ । साथै, महिला अधिकार हननका घटनामा प्रदेश र स्थानीय निकायमा गुनासो सुन्ने संयन्त्रको स्थापना गरेर कार्यान्वयनमा लैजाने ब्यवस्था गर्न यो भेला जोडदार माग गर्दछ ।
१०. डडेलधुरा जिल्लाको समग्र विकासका लागि ठोस कार्य गर्न तीन वटै तहका सरकार समक्ष यो भेला आग्रह गर्दछ ।