२१ मंसिर २०७९, बुधबार December 7, 2022

सुदूरपश्चिम लोकसेवा आयोगले १६७ पदमा स्थायी पदपूर्तिका लागि विज्ञापन खुलायो

९ चैत्र २०७८, बुधबार
सुदूरपश्चिम लोकसेवा आयोगले १६७ पदमा स्थायी पदपूर्तिका लागि विज्ञापन खुलायो

धनगढी । सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । पहिलोपटक आयोगले स्थायी पदपूर्ति गर्न आयोगले बुधबार कर्मचारीको विज्ञापन खोलेको हो।
आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो।
प्रदेशमा रिक्त स्थायी पदपूर्ति गर्ने गठित आयोगको आदेशानुसार स्थायी पदपूर्तिका लागि १६७ पदमा विज्ञापन खुलाएको हो ।
योग्यता पुगेका नेपाली नागरिकले २९ चैतसम्म नियमित र दोब्बर दस्तुरमा ६ वैशाखसम्म अनलाइनमार्फत् आवेदन दिन पाउनेछन् । कक्षा ८ उत्तीर्ण भई शारिरिक तन्दुरुस्ती भएका १८ वर्षदेखि ३५ वर्ष उमेर समूहकाले दरखास्त दिन पाउने सूचनामा उल्लेख छ ।