८ बैशाख २०८१, शनिबार April 20, 2024

फोनिज केन्द्रीय अध्यक्षमा गजुरधन, वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी

९ चैत्र २०७८, बुधबार
फोनिज केन्द्रीय अध्यक्षमा गजुरधन, वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी

सौराहा (चितवन) । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को केन्द्रीय अध्यक्षमा गजुरधन राई निर्विरोध चयन भएका छन् । यही चैत ६ र ७ गते चितवनको सौराहामा भएको सातौं संघीय महाधिवेशनले राईलाई निर्विरोध चयन गरेको हो । त्यस्तै कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी, उपाध्यक्ष खुलामा अमरध्वज लामा, मिरा राज भण्डारी, जगत दोङ (संस्थागत), सरु राना (महिला), कमन देवान (अल्पसंख्यक), टेक बहादुर थामी (अल्पसंख्यक) र महासचिवमा मिलन लिम्बु निर्विरोध चयन भएका हुन् । भने सचिव लगायत विभिन्न पदमा चुवानी प्रक्रियाबाट पदाधिकारी चयन भएका हुन् ।


फोनिजमा देशभरका ६० जिल्ला शाखा, ७ प्रदेश समिति र ८ वटा वैदेशिक शाखा रहेका छन् । फोनिजमा चार हजार बढी आदिबासी जनजाति पत्रकार आवद्ध छन् । फोनिज संघीय समितिकाअनुसार सातौं महाधिवेशनमा ४२४ जना प्रतिनिधिहरुले भाग लिएका थिए ।
फोनिजको मुख्य उद्देश्य आदिबासी जनजातिको सवाल र अधिकारको पैरवी गर्ने, आदिबासी जनजाति पत्रकार मातृभाषी पत्रकारिताको स्तरबृद्धि तथा सशक्तीकरणको पहल गर्ने तथा आदिबासी जनजातिका भाषा, संस्कृति, संस्कारको प्रवद्र्धन गर्ने रहेको फोनिज केन्द्रले जनाएको छ । राज्यको सबै संरचनामा आदिबासीको पहुँचका लागि दवावमूलक कार्यक्रम पनि फोनिजले गर्दै आएको छ ।
फोनिज केन्द्रीय अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा भएको महाधिवेशनको उदघाटन लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले गरेका थिए ।