३ असार २०८३, बुधबार June 17, 2026

माओबादी केन्द्र कैलाली जिल्ला संयोजकमा चौधरी

६ चैत्र २०७८, आईतवार
माओबादी केन्द्र कैलाली जिल्ला संयोजकमा चौधरी

कैलाली। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कैलाली जिल्ला समन्वय समितिको संयोजकमा लाजुराम चौधरी चयन भएका छन् ।

माओवादी केन्द्र सुदुरपश्चिम पार्टी प्रदेस समितीको बैठकले लाजुराम चौधरीलाई माओबादी केन्द्र कैलाली जिल्ला सयोजकमा चयन गरेको हो ।

नेकपा माओवादी केन्द्र धनगढी सचिव रमेश प्रसाद भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)जिल्ला समन्वय समितिको संयोजकमा लाजुराम चौधरी (अँकित) मनोनीत भएको जानकारी दिएका हुन्। साथै उनले संयोजकमा मनोनीत भएकोमा सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई व्यक्त गरेका छन् ।