२७ आश्विन २०८१, आईतवार October 13, 2024

ग्याल्पो ल्होसारमा भोलि सार्वजनिक विदा

१८ फाल्गुन २०७८, बुधबार
ग्याल्पो ल्होसारमा भोलि सार्वजनिक विदा

काठमाडौं । सरकारले भोलि फागुन १९ गतेको ग्याल्पो ल्होसारका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को फागुन १६ गतेको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ ‘फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघस्थाहरूमा सार्वजनिक विदा दिने’ मन्त्रिपरिषद्को मिति २०७८/११/१६ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिउको छ ।’


सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ । ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातिले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् ।
नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गरेका छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।