४ बैशाख २०८३, शुक्रबार April 17, 2026

कार्य सम्पादनमा सुदूरपश्चिम प्रदेश उत्कृष्ट

१ फाल्गुन २०८२, शुक्रबार
कार्य सम्पादनमा सुदूरपश्चिम प्रदेश उत्कृष्ट

धनगढी, १ फागुन । सुदूरपश्चिम प्रदेश कार्य सम्पादन मूल्याङ्कनमा लगातार दोस्रो पटक मुलुकमै उत्कृष्ट बनेको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार ४५.७० अङ्क प्राप्त गरेर सुदूरपश्चिम देशभरमै उत्कृष्ट प्रदेश बनेको हो । अघिल्लो वर्ष पनि सुदूरपश्चिम प्रदेश कार्य सम्पादन मूल्याङ्कनमा मुलुकमै उत्कृष्ट बनेको थियो । ४४.२९ अङ्क प्राप्त गरेको कोशी र ४२.४६ अङ्क प्राप्त गरेर बागमती प्रदेश क्रमशः दोस्रो र तेस्रो भएका छन् ।

आर्थिक वर्ष २०८०/८१ को कुल लेखापरीक्षणबाट औलाएको बेरुजुको अवस्था, प्रदेशले स्थानीय तहलाई प्रदेश कानुन बमोजिम आयोगले तोकेको आधार लागु गरी सशर्त अनुदान प्रदान गरे÷नगरेको, आर्थिक वर्ष २०८१÷८२ को विनियोजित रकम अनुसार खर्चको अवस्था लगायत ११ वटा सुचकको आधारमा मूल्याङ्कन गरिएको छ ।