२९ मंसिर २०८१, शनिबार December 14, 2024

कैलारीको हिउँदे अधिवेशनको तेस्रो बैठक, पाँच वटा विधेयकमाथि छलफल

१५ फाल्गुन २०७९, सोमबार
कैलारीको हिउँदे अधिवेशनको तेस्रो बैठक, पाँच वटा विधेयकमाथि छलफल

हसुलिया । कैलारी गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० गाउँसभा अधिवेशन (हिउँदे अधिवेशन)को तेस्रो बैठक आईतबार बसेको छ ।
गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा भएको थियो । हिउँदे अधिवेशनको दोस्रो बैठकमा पेश भएको पाँच वटा विधेयकमाथि छलफल भएको गाउँपालिका अध्यक्ष चौधरीले जानकारी दिए ।
उनले खानेपानी तथा सरसफाई उपभोक्ता समिति व्यवस्थापन कार्यविधि २०७९, सामाजिक सुरक्षा वितरण कार्यविधि २०७९, फोहोर मैला व्यवस्थापन ऐन २०७९, न्यायिक समिति संचालन कार्यविधि ऐन (पहिलो संशोधन) २०७९ र कैलारी गाउँपालिकाकाको स्वास्थ्य नीति २०७९ माथि छलफल भएको बताए ।


उक्त विधेयक माथि गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी, गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्रबहादुर बम, वडा नम्बर ५ का वडा अध्यक्ष विष्णुप्रसाद चौधरी, वडा नम्बर ६ का वडा अध्यक्ष प्रेमबहादुर चौधरी, वडा नम्बर ३ वडा अध्यक्ष सन्तराम चौधरी, वडा नम्बर ४ वडा अध्यक्ष ठागुराम चौधरी, वडा नम्बर ९ का वडा अध्यक्ष खेमराज चौधरी, वडा नम्बर ८ का वडा अध्यक्ष तारामल कठरिया, वडा नम्बर १ का वडा अध्यक्ष धोजहरिपाल बोहराले सल्लाह सुझाव दिएका थिए ।
उनीहरुले विधेयक पास भएमा कार्यान्वयनमा जोड दिँदै गाउँपालिकाको समग्र विकासका लागि समन्वय र सहकार्य गरि अघि बढ्ने औँल्याएका थिए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विर बहादुर ऐर, सामाजिक विकास अधिकृत यगम कलेल, विभिन्न शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो । गाउँसभाको अर्को बैठक यही फागुन १८ गते बस्ने जनाइएको छ ।