कैलाली । बैंकले चर्को ब्याजदर लिएको भन्दै उद्योगी व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशमा भोलिबाट चरणबद्ध आन्दोलन गर्ने भएका छन् ।
आज कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा भोलिबाट प्रदेशका सबै जिल्लामा एकै प्रकारको आन्दोलन गर्ने जनाइएको हो ।
भोली देखी बिहान ११ बजे सम्म बजार बन्द गर्ने, उक्त समयमा विभिन्न निकायमा विरोध प्रर्दशन र १८ गते बैंकमा बचत नगर्ने लगायतका आन्दोलनको कार्यक्रम रहेको कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुवरले जानकारी दिए ।
‘हामी लामो समय देखि आन्दोलनमा थियौँ सरकारले चासो दिएको छैन’ अध्यक्ष कुवरले भने, ‘अझै समस्याको समाधान नभए कडा आन्दोलन गर्न बाध्य हुनेछौँ । ’
आफूहरुको माग सुनुवाई नभए आगामी चैत्र १ गतेदेखि सशक्त आन्दोलन गर्ने संघका उपाध्यक्ष पुष्कर ओझाले जानकारी दिए ।
हिलो शनिबार नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशले जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घहरूसँगको समन्वय पछि आन्दोलनका कार्यक्रम तय गरिएको थियो । सोही अनुसार कैलाली जिल्लामा भोलिबाट सुरु हुने आन्दोलनका कार्यक्रमहरू कैलाली उद्योग वाणिज्य सङ्घले जानकारी दिएको हो ।