२ असार २०८३, मंगलवार June 16, 2026

सांसद अरुण चौधरीको निलम्बन फुकुवा

१० फाल्गुन २०७९, बुधबार
सांसद अरुण चौधरीको निलम्बन फुकुवा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको निलम्बन फुकुवा भएको छ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले गृह मन्त्रालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए। योसँगै सांसद चौधरीको निलम्बन फुकुवा भएको हो।
थरुहट आन्दोलनताका बन्दको अवज्ञा गरिएको भन्दै २०६६ भदौ ३ मा ट्याक्टर जलाएको घटनामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जना वरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो। छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई माघ १९ गते प्रहरीले पक्राउ गरेको थियो।
तर, राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसमा चौधरीको सजाय माफी गरेकी थिइन्। त्यसपछि उनी प्रजातन्त्र दिवसको दिन फागुन ७ गते रिहा भएका थिए।