१२ चैत्र २०८१, बुधबार March 26, 2025

कैलारीमा फागुन ११ गतेदेखि हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियान

३ फाल्गुन २०७९, बुधबार
कैलारीमा फागुन ११ गतेदेखि हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियान

कैलाली । कैलालीको कैलारी गाउँपालिकामा फागुन ११ गते देखि २५ गतेसम्म हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियान सञ्चालन हुने भएको छ ।
बुधबार कैलारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम आम औषधी सेवन अभियान पालिका स्तरीय योजना तर्जुमा तथा बहु निकाय गोष्ठीमा त्यसबारे जानकारी दिएको हो ।
गाउँपालिकाकी उपाध्यक्ष भगवती चौधरीले हात्तीपाइले रोग विरुद्धको औषधी सबै जनालाई सेवन गर्न आग्रह गरिन् ।
स्वास्थ्य शाखाके विरेन्द्र सापकोटाले हात्तीपाइले रोगबारे जानकारी जराएका थिए । उनले कैलाली जिल्लामा ११औं हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियान सञ्चालन हुन गइरहेको बताए ।