२७ आश्विन २०८१, आईतवार October 13, 2024

गेटा मेडिकल कलेजलाई देशकै नमुना स्वास्थ्य विश्वविद्यालय बनाउँछौँ : प्रम प्रचण्ड

१ फाल्गुन २०७९, सोमबार
गेटा मेडिकल कलेजलाई देशकै नमुना स्वास्थ्य विश्वविद्यालय बनाउँछौँ : प्रम प्रचण्ड

धनगढी, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय देशकै नमुना स्वास्थ्य विश्व विद्यालय बनाउने बताएका छन् ।
कैलालीस्थित शहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालय (गेटा) मेडिकल कलेजको सोमबार स्थलगत निरीक्षण गर्न पुगेका प्रधानमन्त्री दाहालले देशकै नमुना विश्वविद्यालय बनाउने बताएका हुन् ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री प्रचण्ड सोमवार पहिलोपटक सुदूरपश्चिम प्रदेश पुगेका हुन् । उनले स्थलगत निरिक्षण गर्दै आफु पहिले देखि नै प्रस्तावित मेडिकल कलेजसंग जोडिएको बताए । उनले यस क्षेत्रमा सबै नागरिकको माग बमोजिम सरकारले निर्णय समेत भएको बताउँदै चाँडै सञ्चलनामा पनि आउने बताए । प्रधानमन्त्री दाहलले विकासे योजनाको निरीक्षण पहिले पनि सुदूरपश्चिमबाट गरेको र अहिले पनि आफुले अनुगमन यतै बाट शुरु गरेको बताए ।


दाहालले भने “यसलाई मेडिकल कलेज चलाउने तिर पनि तिब्र गतिमा अगाडी जान्छ । विश्वविद्यालय स्थापना प्रक्रिया पनि अगाडी बढीसकेको छ, यस क्षेत्रका सबै जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विज्ञलगायत संग छलफल गरेर विश्वविद्यालय बनाउने निर्णय गरेका हौँ ।”
उनले गेटामा मेडिकल कलेज स्थापना गर्ने क्रम देखि नै आफू यससंग प्रत्यक्ष रुपमा जोडिएको बताए । ‘पहिला मेडिकल कलेज स्थापना गर्ने क्रममा पनि म प्रत्यक्ष रुपमा जोडिएको थिए । यसको बेस बन्दै गर्दा पनि मैले यसको अनुगमन गरेको थिए’ उनले भने ‘यसपटक फेरी अनुगमनमा आउँदै गर्दा मेडिकल कलेज चलाउने प्रक्रिया त अब अगाडी बढ्यो नै । यसलाई अगाडी बढाउन स्वास्थ्य संग सम्बन्धित दरबन्दीका काम पनि छिटै पुरा गरिन्छ ।’


उनले आफुले प्रदेश स्तरमा विकास आयोजनाहरुको अनुगमन गर्ने सुदूरपश्चिमबाटै सुरु गरेको बताए । ‘मलाई सुदूरपश्चिममा पहिलो चोटि प्रधानमन्त्री हुँदा पनि केही काम गर्ने र सबभन्दा धेरै पटक सुदूरपश्चिममै आएर अवलोकन पनि गरेको थिए’ उनले भने ‘यसपटक पनि प्रदेश स्तरमा विकास आयोजनाहरुको अनुगमन गर्ने सुदूरपश्चिमबाटै भएको छ ।’
दाहालसंगै निरीक्षणमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, मुख्य सचिव शंकरदाश बैरागी लगायत थिए ।