३२ असार २०८१, सोमबार July 15, 2024

बाघको छाला सहित दुई जना पक्राउ

१ फाल्गुन २०७९, सोमबार
बाघको छाला सहित दुई जना पक्राउ

धनगढी, १ फागुन । बाघको छाला सहित सहित दुई जना व्यक्तिलाई कैलाली प्रहरी पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अछाम चौरपाटी गाउपालिका वडा नं. ५ बस्ने १८ वर्षिय सुबाश बोहरा र १७ वर्षिय सुनिल बोहरालाई पक्राउ गरेको हो । गोदावरी नगरपालिका वडा नं. २ अत्तरिया बसपार्क स्थित शंका लागि चेक जाँच गर्दा उनीहरुको साथबाट बाघको छाला थान–१ (पुच्छर सहितको लम्बाई ३ फिट, चौडाई ५ ईन्च) सहित पक्राउ गरेको हा ।
यसैगरि ईलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले एकजना लाई लागुऔषध सहित पक्राउ गरेको हो । प्रहरीले टीकापुर नगरपालिका वडा नम्बर १ बनगाउँका २५ वर्षिय यम बहादुर घर्तिमगरलाई ६६० मिलि ग्राम लागु औषध खैरोहेरोईन सहित पक्राउ गरेको हो । यस बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
उता ईलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरवाट खटिएको प्रहरीटोलीले भन्सार छलीका समान बरामद गरेको छ । प्रहरी नायव निरीक्षक देवसिंह बुडालको कमाण्डमा खटिएको टोलीले भारतबाट भन्सार छली गरि ल्याएका साईकल ट्युब ३५ पिस, साईकल टायर ४ पिस र चिनि ५० किलो रुं दश हजार ५ सय बराबरको सामन बेवारिसे अवस्थामा फेला पारेको हो ।