६ बैशाख २०८१, बिहीबार April 18, 2024

मुख्यमन्त्री शाहले लिए पद तथा गोपनीयताको सपथ

२७ माघ २०७९, शुक्रबार
मुख्यमन्त्री शाहले लिए पद तथा गोपनीयताको सपथ

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका नव नियुक्त मुख्यमन्त्री कमल बहादुर शाहले पद तथा गोप्यनियताको शपथ लिए सँगै थप दुई जनालाई मन्त्रीमा नियुक्त गरेका छन् । यो सँगै सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीसहित ३ सदस्यीय मन्त्री मण्डल गठन भएको छ ।
तीनै जनाले आज पद तथा गोपनीयतको शपथ ग्रहण गरेका छन् । मन्त्रीहरुले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गरेका हुन् ।
नेपाली कांग्रेसबाट मन्त्री बनेका प्रकाश देउवालाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ भने एकीकृत समाजवादीबाट मन्त्री बनेका नरेशकुमार शाहीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा समेत रहेका प्रकाश कैलाली क्षेत्र नं. ५ (२) बाट निर्वाचित भएका हुन् भने शाही बाजुरा निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका हुन् ।