३२ असार २०८१, सोमबार July 15, 2024

सुदूरपश्चिम प्रदेश सरकारलाई नागरिक उन्मुक्तिले विश्वासको मत दिन्छ : मन्त्री भण्डारी

२६ माघ २०७९, बिहीबार
सुदूरपश्चिम प्रदेश सरकारलाई नागरिक उन्मुक्तिले विश्वासको मत दिन्छ : मन्त्री भण्डारी

धनगढी। नेकपा एमालेका नेता तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम प्रदेश सरकारलाई नागरिक उन्मुक्ति पार्टीले सरकारलाई बिश्वासको मत दिने बताएका छन् । बिहीबार पार्टीनिकट पत्रकारहरुको संगठन प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले यस्तो बताएका हुन। उनले भने काठमाण्डौ देखि धनगढी सम्मको हवाई दुरी एक घण्टाको छ ।
भण्डारीले भने, ‘सुदूरपश्चिम प्रदेश सरकार सत्ता गठबन्धनकै हुन्छ। यो कुरामा सबैलाई ढुक्क हुन अग्रह गर्दछु।’ विश्वासको मतका लागि निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीका सांसदहरु काठमाडौंमा रहेकोबारे सोधिएको प्रश्नमा मन्त्री भण्डारीले प्रदेश सभा बैठक सुरु हुनु अगाडि सांसदहरु धनगढी आइपुग्ने बताए।विश्वासको मत दिन नागरीक उन्मुक्ति सांसदहरु सहभागी भईहाल्छन । सुदूरपश्चिम प्रदेश सरकार सत्ता गठबन्धनकै हुन्छ । यो कुरामा सबैलाई ढुक्क हुन अग्रह गरे ।