३२ असार २०८१, सोमबार July 15, 2024

सुदूरपश्चिम लोकसेवा आयोगले माग्यो ९८ जना कर्मचारी (सूची सहित)

२६ माघ २०७९, बिहीबार
सुदूरपश्चिम लोकसेवा आयोगले माग्यो ९८ जना कर्मचारी (सूची सहित)

धनगढी । सुदूरपश्चिम प्रदेश लोक सेवा आयोग कार्यालयले ९८ जना कर्मचारी माग गरेको छ । प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा तर्फ सहायक चौथो तहका अप्राविधिक पदहरुमा ९८ कर्मचारी माग गरेको हो ।
जसमध्ये ५५ जना खुला, १५ जना महिला, १८ जना आदिवासी जनजाती, ७ जना मधेशी, २ जना दलित र १ जना थारु–रानाथारु समुहका लागि विज्ञापन खोलिएको छ । उक्त विज्ञापनका लागि फागुन १७ गते सम्म आवेदन दिने म्याद तोकिएको छ । जसमा दोब्बर दस्तुर तिरेर भने फागुन २४ गते सम्म आवेदन दिन सकिने छ । समावेशी समुहका लागि भने थप १५० तिर्नुपर्ने आयोगले जारी गरेको सूचनामा उल्लेख छ । आवेदकले अनलाइनबाट फारम भर्न सक्ने जनाइएको छ ।