१३ बैशाख २०८२, शनिबार April 26, 2025

सामाजिक सञ्जाल फेसबुकमा रञ्जिताले लेखिन्,‘हार्नेहरूले हो आत्मसमर्पण गर्ने’

२६ माघ २०७९, बिहीबार
सामाजिक सञ्जाल फेसबुकमा रञ्जिताले लेखिन्,‘हार्नेहरूले हो आत्मसमर्पण गर्ने’

धनगढी। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कसैका सामू आत्मसमर्पण नगर्ने बताएकी छन् ।
सुदूरपश्चिम प्रदेशसभामा रहेका नाउपाका सबै सात सांसदहरूसँगको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै श्रेष्ठले आत्मसमर्पण नगर्ने बताउनुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । तर निर्णायक रहेको नाउपाले विश्वासको मत नदिने अडान लिएको छ । नाउपाको साथबिना मुख्यमन्त्री रावलले बुहुमत गुमाउने छन् ।
फेसबुकमा उनले लेखिकीछन्–‘हार्नेहरुले हो आत्मसमर्पण गर्ने ! योद्धाहरु त सहिद भएर मर्छन तर परिचय मर्न दिँदैनन् । आफ्नो देश समृद्धिमा पुगोस् कसको चाहना हुन्न र तर एकैदेशका दाजुभाइ माथि गरिएको थिचोमिचोले मुलुक उकालो होईन ओरालोतिर लाग्छ । देश मागेर बिद्रोह हाम्रो माग होईन,मुलुक समृद्धिका लागि समानुपातिक सहभागिता लक्ष्य हो । हिजो आयातितले बजार धान्थे आज हामी आफै सक्षम छौँ । सतहमा द¥हो पिल्लर छ,भुकम्पले समेत हल्लाउन नसक्ने पिल्लरमा दुइचार घन दुस्साहस मात्रै हो । भलो यसैमा छ,मुलुकिय तलामा तपाईंको पनि साथ रहोस् अनि त चुलिएको महलबाटको दृश्याङ्कन फटिक नजरमा कति सुहाउलान है ?? श्रमले मुलुक समृद्धिशाली बन्छ आश्वासित शब्दले होइन ।’