९ जेष्ठ २०८१, बुधबार May 22, 2024

प्रदेशसभा बैठक स्थगित

२५ माघ २०७९, बुधबार
प्रदेशसभा बैठक स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको आजको प्रदेशसभा बैठक स्थगित भएको छ।
बैठक भोलि (बिहीबार) दिउँसो १ बजे पुनस् बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
सत्ता गठबन्धनमा निर्णायक नागरिक उन्मुक्तिले विश्वासको मत दिनेबारे हालसम्म अनिर्णित बन्दा रावल नेतृत्वको सरकार संकटमा देखिएको छ।