कैलाली । कैलालीको गोदावरी नगरपालिका मजगाउँमा नगर स्तरीय माघ विशेष सांस्कृतिक कार्यक्रम २०७९ भएको छ ।
कार्यक्रम गोदावरी नगरस्तरीय बरघर भलमन्सा समिति र थारु कल्याण कारिणी सभा नगरस्तरीय समितिको आयोजनामा भएको हो । कार्यक्रमका प्रमुख अतिथी प्रतिनीधी सभा सदस्य बीरबहादुर बलायर रहेका थिए भने विशिष्ट अतिथीमा प्रदेश सभा सदस्य तुलसा देवकोटा रहेकी थिइन् ।
कार्यक्रमका अतिथीहरुमा गोदावरी नगरपालिकाकी नगर उपप्रमुख शारदा रोकाया, थारु कल्याणकारिणी सभा कैलालीका कार्यबाहक सभापति माधव चौधरी, थारु विद्यार्थी समाजका केन्द्रिय उपाध्यक्ष ठाकुर करिया प्रधान लगायतका रहेका थिए ।
कार्यक्रममा थारु परिकार, थारु गीतबास प्रस्तुत भएको थियो ।