१० बैशाख २०८१, सोमबार April 22, 2024

भजनी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा नैनबहादुर चौधरी

२४ माघ २०७९, मंगलवार
भजनी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा नैनबहादुर चौधरी

कैलाली । भजनी खानेपानी तथा सरसफाई नगर स्तरीय उपभोक्ता समितिकोे अध्यक्षमा नैनबहादुर चौधरी चयन भएका छन् ।
मंगलबार भएको नगर स्तरीय उपभोक्ता समितिको भेलाले अध्यक्ष चौधरी सहित नयाँ कार्यसमिति चयन गरेको हो । भजनी नगरपालिका अन्र्तगत ७ वटा खानेपानी तथा सरसफाई उपभोक्ता समिति रहेको छ ।
उपाध्यक्षमा सिता चौधरी, सचिवमा लोक बहादुर बोहरा, सहसचिव रामचन्द्र चौधरी, कोषाध्यक्षमा अनिता चौधरी चयन भएका छन् ।
कार्यसमितिको सदस्यहरुमा क्रमशः रामलखन चौधरी, जंगबहादुर पुनमगर, निरज चौधरी र गोले राजी रहेका छन् ।
सोही भेलाले खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल(फेडवास) कैलालीको माघ २५ गते सुख्खडमा हुने जिल्ला अधिवेशनका लागि प्रतिनीधी पनि छनौट गरेको छ । अधिवेशनका लागि अध्यक्ष नैनबहादुर चौधरी, सिता चौधरी, अनिता चौधरी र लोक बहादुर बोहरालाई प्रतिनिधी छनौट गरेको हो ।
कार्यक्रममा रेडक्रस शाखा भजनीका सभापति रामनारायण चौधरी नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकाल सहित बधाइ दिएका थिए ।