२४ कार्तिक २०८१, शनिबार November 9, 2024

भुँइयाँफाटा गाउँको भलमन्सामा फिरु चौधरी निर्वाचित

२४ माघ २०७९, मंगलवार
भुँइयाँफाटा गाउँको भलमन्सामा फिरु चौधरी निर्वाचित

कैलाली । थारू गाउँघरमा धमाधम बरघर, भलमन्सा तथा अघरिया चुनिन थालेका छन् । माघ पर्वसँगै हुने गाउँघरको भुरा खेलबाट गाउँको नयाँ नेतृत्वकर्ता चुनिन लागेका हुन् ।
यसै बिच कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ भुँइयाँफाँटाको भलमन्सामा फिरु चौधरी निर्वाचित भएका छन् । मंगलबार उनलाई चुनावी प्रक्रियाबाट भलमन्सामा चयन गरेको हो ।
गाउँमा ५ सय बढी किसान रहेको छन् । भलमन्सा चयनका लागि ३६८ मत खसेको थियो । नव निर्वाचित भलमन्सा फिरुले २०३ मत पाएका थिए । उनका प्रतिद्वन्दी महादेव चौधरी १३६ मत र दुलारे लाल चौधरीले १८ मत पाएका थिए । भने ११ मत बदर भएको जनाइएको छ ।
गाउँका अन्यपदाधिकारी भुराखेलबाट निर्विरोध चयन भएका थिए । गाउँको अघररियामा जीवनाथ चौधरी, सचिवमा तुलसी चौधरी र चौकीदारमा सोमै चौधरी चयन भएका छन् ।
नवनिर्वाचित भल्मन्सा चौधरीले गाउँघरको विकास निर्माणका लागि आफू कतिवद्ध लाग्ने बताए । यसका साथै उनले युवा क्लब, स्कूल, वन उपभोक्ता समितिलाई क्रियाशिल बनाउनुका साथै आयव्यय पनि पारदर्शी बनाउने बताए ।