कैलाली । कैलालीको भजनी नगरपालिकामा माघी मिलन कार्यक्रम २०७९ सम्पन्न भएको छ ।
भजनी नगरपालिका वडा नं १ को आयोजनामा ‘हमार संस्कृती, हमार पहिचान, संस्कृति बचैना हमार अभियान’ भन्ने मुल नाराका साथ थारु समुदायको नयाँ साल माघी पर्वको अवसरमा कार्यक्रम भएको हो ।
वडा नं.१ का वडा अध्यक्ष तथा कार्यक्रम संयोजक धर्मेन्द्र श्रेष्ठको सभापत्विमा भएको कार्यक्रममा कैलाली निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य गंगाराम चौधरी प्रमुख अतिथी रहेका थिए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले संस्कृति संरक्षणका लागि माघी मिलन कार्यक्रमले सहयोग पुर्याउने बताए । उनले युवा पुस्ताहरुमा भाषा, कला तथा संस्कृति पुस्तान्तरण गर्न चुनौती रहेको बेला यस्ता कार्यक्रमले टेवा पुग्ने बताएका थिए ।
कार्यक्रममा निर्वाचन क्षेत्र नं. ३ (क) का प्रदेश सभा सदस्य घनश्याम चौधरी, भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी, नगर उपप्रमुख राजु तिरुवा, भजनी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तथा नगर प्रवक्ता विक्रम चौधरी, भजनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्र देव भट्ट लगायत विशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रमका अतिथीहरुमा भजनी नगरपालिका ६ नं. वडाका वडा अध्यक्ष रामसागर चौधरी, कार्यपालिका सदस्य, वडा सदस्य, सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनीधी, विद्यालयका प्रधानाध्यपाक, बरघर भलमन्सा, कर्मचारी, स्थानीय बुद्धिजीवी, समाजसेवी लगायत रहेका थिए ।
माघी मिलन कार्यक्रममा भजनी नगरपालिका वडा नं. १ का वडा सचिव जनक भण्डारीले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन बाबूराम चौधरीले गरेका थिए ।
कार्यक्रममा धमार, झुम्रा नाचका साथै स्थानीय कलाकारहरुको नृत्य प्रस्तुत गरिएको थियो ।