कैलाली । नागरिक उन्मुक्ति पार्टीले सम्बन्धित निकायलाई २४ घण्टे अल्टीमेटम दिँदै आन्दोलनको चेतावनी दिएको छ ।
कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुण कुमार चौधरीलाई पक्राउ गरेको विषयलाई लिएर पार्टीका प्रवक्ता दमोदर पण्डितले एक प्रेस विज्ञप्ती जारी गर्दै २४ घण्टे अल्टीमेटम सहित चौधरीको रिहाइ माग गरेका हुन् ।
बिहीबार पार्टीले पत्रकार सम्मेलन र प्रेस विज्ञप्ती जारी गर्दै सांसद चौधरीलाई २४ घण्टा भित्र रिहा नगरे आन्दोलनमा जाने र उत्पन्न घट्नाको परिणाम दोषी सरकार र सम्बन्धित निकाय नै हुने चेतावनी दिएको छ ।
यसै बिच थाकस कैलाली र थारु राष्ट्रिय मुक्ति मोर्चाले पनि एक प्रेस विज्ञप्ती जारी गर्दै घटनाबारे ध्यानाकार्षण जनाएको छ । साथै आन्दोलनका क्रममा भएका राजनीतिक मुद्धालाई समाधान गर्न आग्रह गर्दै आफ्नो आग्रहलाई अनसुना गरे कडा भन्दा कडा संघर्षमा जाने समेत चेतावनी दिएको छ ।