२९ असार २०८२, आईतवार July 13, 2025

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

१८ माघ २०७९, बुधबार
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ।भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ।

आईओसीले पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढाएर पठाएको छ।भारतबाट बढेर आएपछि नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढाउने वा नबढाउनेबारे केही निर्णय निगमले गरिसकेको छैन।

स्रोतका अनुसार तत्काल पेट्रोलियम पदार्थको मूल्य नबढ्न सक्छ। यसअघि प्रधानमन्त्री प्रचण्डले दिएको निर्देशनअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो।अहिले नै फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउँदा नकरात्मक सन्देश जाने भन्दै मूल्य यथावत नै राख्ने तयारी छ।