२३ मंसिर २०७९, शुक्रबार December 9, 2022

मसुरियामा मास्क वितरण

३ फाल्गुन २०७८, मंगलवार
मसुरियामा मास्क वितरण

मसुरिया । मसुरिया बजारमा जनचेतनामूलक कार्यक्रम तपाईंको मास्क खै अभियान अन्तर्गत मास्क वितरण गरिएको छ । कोभिड–१९ को तेस्रो भेरियन्टबाट बच्नो लागि जनस्वास्थ्यका मापदण्डहरुको पुर्णरुपमा पालना गर्न प्रेरित गर्न कार्यक्रम गरिएको हो ।

लुथरन विश्व फेडेरेसनको सहयोगमा दिगो विकास समाजद्वारा संचालित कोभिड १९ आपतकालिन प्रतिकार्य परियोजना अन्तरगत मास्क वितरण गरिएको हो । ईलाका प्रहरी कार्यालय मसुरिया, अस्थायी ट्राफिक प्रहरी पोष्ट मसुरिया र मसुरिया बजार व्यवस्थापन समितिको सहकार्यमा बजार क्षेत्रमा सर्वसाधारण नागरिक, सवारी चालक र यात्रुहरुलाई मास्क वितरण गरिएको थियो ।