२६ कार्तिक २०८१, सोमबार November 11, 2024

कैलारीका चार हजारबढी विद्यार्थीलाई खोप

२४ माघ २०७८, सोमबार
कैलारीका चार हजारबढी विद्यार्थीलाई खोप

धनगढी । कैलालीको कैलारी गाउँपालिकाका चार हजार ९५ जना विद्यार्थीलाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाइएको छ ।
सो गाउँपालिकामा १२ देखि १७ उमेर समूहका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खोप लगाइएको हो । १८ देखि २१ गतेसम्म सञ्चालन गरिएको खोप अभियानमा दुई हजार १९३ छात्रा र एक हजार ९०२ जना छात्रलाई कोरोनाविरुद्धको खोप लगाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जानकारी दिए ।
उनले लक्ष्यको ८३ं.२१ प्रतिशत विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइ सकिएको जनाए । सो गाउँपालिकामा चार हजार ९२१ जना विद्यार्थीलाई खोप लगाउन लक्ष्य राखिएको छ । बाँकी छुटपुटलाई खोप लगाउने कार्य जारी रहेको स्वास्थ्य शाखाले जनाएको छ । छुटपुटलाई अझै एकदुई दिनसम्म खोप लगाइने सापकोटाले जनाए । पहिलो डोज लगाएको एक महिनापछि विद्यार्थीहरुलाई दास्रो डोज खोप लगाइनेछ ।