२१ मंसिर २०७९, बुधबार December 7, 2022

कैलारीमा दुई हजार ९६९ विद्यार्थीलाई खोप लगाइयो

१९ माघ २०७८, बुधबार
कैलारीमा दुई हजार ९६९ विद्यार्थीलाई खोप लगाइयो

धनगढी । कैलालीको कैलारी गाउँपालिकामा दुई दिनमा दुई हजार ९६९ जना विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

१२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई मोडर्नाको पहिलो डोज खोप लगाइएको हो । १६ विद्यालयका एक हजार ६४४ जना छात्रा र एक हजार ३२५ जना छात्रलाई कोरोनाविरुद्धको खोप लगाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जानकारी दिए ।


सो गाउँपालिकामा चार हजार ९२१ जना विद्यार्थीलाई खोप लगाउने लक्ष्य राखिएको छ । उनले माघ २१ गतेसम्म खोप लगाइने जानकारी दिए ।