२० मंसिर २०८१, बिहीबार December 5, 2024

अन्धकार जीवन जिउन बाध्य चोरखोलाबासी

१८ माघ २०७८, मंगलवार
अन्धकार जीवन जिउन बाध्य चोरखोलाबासी

राम अवतार चौधरी
चन्द्रौटा(कपिलवस्तु) ।
नगरपालिकामा न विधुत्, न पानी, नत सञ्चार सुविधा । त्यै पनि वडा नम्बर एकको चोरखोला बस्तीमा बर्षाैँदेखि नागरिकहरु जीवन व्यायतित गरिरहेका छन् ।

कपिलवस्तुको चोरखोलाबासी अन्धकार जीवन जिउन बाध्य भएका हुन् । चोरखोलामा अहिलेसम्म विद्युत नपुग्दा स्थानीय नागरिकहरु अन्धकारमा बस्नुपर्ने बाध्यता रहेको छ । जिल्लाको शिवराज नगरपालिका वडा नं.१ अन्तर्गत पर्ने चोरखोलाका बसिन्दाहरु अहिलेसम्म अन्धकारमा बस्दै आएका छन् ।

कपिलवस्तु जिल्लाकै ठूलो बजार मानिने चन्द्रौटा बजारदेखि करिब १५ किलोमिटर लुम्बिनी प्रदेशको राजधानी भालुबाङसँग जोड्ने पुर्व पश्चिम राजमार्गको छेउमै रहेको चोरखोला बस्तीमा विद्युत नहुँदा त्यहाँका नागरिक समस्या झल्दै आएका छन् । त्यसैगरी शुद्धखानेपानीको व्यवस्था नहुदाँँ समेत नागरिकहरु दुषित पानी पिउन बध्य भएको स्थानीय बताउँछन् । शुद्धखाने पानीको व्यवस्थापन स्थानिय सरकारले गर्नुपर्ने हो तर शिवराज नगरपालिका यस विषयमा बेखबर रहेको स्थानीयले आरोप समेत लगाए ।

अन्धकारमा बस्ने र दुषित पानी खाने समस्यासँगै औषधी उपचारको अभावसगैँ मोबाइलको नेटवर्क नटिप्दा चोरखोलाबासी झनै पिडित भएका छन् । औषधी उपचारको लागि समेत टाढा जार्नु पर्ने र मोबाइलको टावरको लागि रुख चढ्नुपर्ने बध्यता रहेको स्थानिय एम. वि. सुनार (सेन्चुरी) ले बताए । चोरखोलाबासी विद्युतको लागि पटक पटक सम्बन्धित निकायमा धाउँदा समेत गर्न कुनै प्रतिक्रिया नआएको उनले जनाए । पटक पटक विद्युत प्राविधकरण कार्यालय कृष्णनगरलाई जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको सुनारले गुनासो गरे ।

चोरखोलामा विद्युत प्रवाहका लागि जनता समाजवादी पार्टीका नेता कृष्ण कुमार चौधरी, रहिश शाह र विद्युतका कर्मचारीको नेतृत्वमा केही महिना पहिले अनुगमन समेत गरिएको जनाइएको छ । अनुगमन टोलीले चाँडै विद्युतको कार्य सुरु गर्ने जसपाका नेता रहिश शाहले बताए । चोरखोलामा विद्युत, मोबाइल टावरको विषयमा आफूहरुले सम्बन्धित निकायमा पहल गरिरहेको नेता शाहले जनाए ।

शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले आफूले चाहेर पनि चोरखोला बासीका लागि बजेट विनियोजन गर्ने नसकेको बताए । जतिसक्दो छिटो विधुत्, खानेपानी र मोबाइल नेटवर्कको समस्याको समाधान गर्ने बताउँदै थोरै बस्ती लगानी बढी लाग्ने भएकोले हुनाले जटिलता हुँदै आएको उनले जिकिर गरे ।

यता विद्युत प्राधिकरण कृष्णनगरका प्रमुख कमर आलमले विद्युतको लागि पहल गरिरहेको बताउँदै आफूसँग बजेट आभावरहेको बताए । थोरै बस्ती रहेको स्थानमा धेरै लगानी लाग्ने भएकाले विधुत पु¥याउन असहज भएको समेत प्रमुख आलमले जनाए । त्यस क्षेत्रको अनुगमन गरी प्रतिवेदन निर्माण गरेकोले केही महिनामा विद्युत लगाउने कार्य सुरु हुने विद्युत प्राधिकरण कृष्णनगरले जानकारी दिएको छ । चोरखोला गाँउमा करिब ३५ घर परिवार विधुत, खानेपानी र मोबाइल नेटवर्क लगायतको समस्या झेल्दै आइरहेका छन् ।