४ बैशाख २०८३, शुक्रबार April 17, 2026

कैलारीको गाउँसभा (हिउँदे अधिवेशन) सुर

२२ पुष २०८२, मंगलवार
कैलारीको गाउँसभा (हिउँदे अधिवेशन) सुर

हसुलिया, २२ पुस । कैलाली जिल्ला कैलारी गाउँपालिकाको आर्थिक बर्ष २०८२/०८३ को गाउँसभा (हिउँदे अधिवेशन) मंगलबार देखि सुरु भएको छ ।

गाउँसभा (हिउँदे अधिवेशन)को पहिलो बैठक गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा भएको थियो । पहिलो बैठकबाट थारु समुदायको माघ पर्वको अवसरमा माघ २ र ४ गते माघ पर्वको स्थानीय विदा दिने निर्णय गरिएको छ । गाउँसभा बैठकमा गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी, गाउँसभाका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी, विभिन्न शाखाका प्रमुखहरु, वडा सचिवहरुको सहभागिता रहेको थियो । सभाको अर्को बैठक माघ महिनामा बस्ने गाउँपालिका अध्यक्षले बताए ।