धनगढी, २२ पुस । नुक्लिपुर सामुदायिक होमस्टेले गुरुवा भलमनसालाई सम्मान सहित टोपी र न्यानो कपडा वितरण गरेको छ ।
गौरीगंगा नगरपालिका १० नुक्लिपुर होमस्टेले अत्यधिक चिसोले गुरुवा भलमन्सालाई समस्या हुने भएकोले केही राहतका लागि टोपी र न्यानो कपडा वितरण गरेको हो ।

होमस्टेको अध्यक्ष दिनेश दहितले २७ जनालाई न्यानो कपडा वितरण गरेको जानकारी दिए । उनले चिसो मौसममा गुरुवा भलमनसालाई केही राहत पुग्ने पनि बताए । होमस्टेका अध्यक्ष दहितको अध्यक्षतामा भएको कार्यक्रममा गौरीगंगा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष नरसिंह सार्की प्रमुख अथिति रहेको थिए ।
कार्यक्रममा पूर्व वडा सदस्य गौरीलाल चौधरी, दाङका पत्रकार सहित्यकार शिवहरी चौधरीको पनि सहभागी रहेको थियो । कार्यक्रममा थारु देउथान उदासीपुरलाई थप व्यवस्थापन कसरी गर्ने सकिन्छ भन्ने बिषयमा छलफल पनि गरिएको थियो । कार्यक्रम सञ्चालन हिंगु राम चौधरीले गरेका थिए ।