८ बैशाख २०८३, मंगलवार April 21, 2026

थारू आलु खेती गर्ने कैलारीका महिला समूहलाई कृषि उपकरण

२० पुष २०८०, शुक्रबार
थारू आलु खेती गर्ने कैलारीका महिला समूहलाई कृषि उपकरण

धनगढी, २० पुस । कैलालीमा रैथाने थारु आलु गर्ने महिला कृषक समूहलाई कृषि उपकरण सहयोग गरिएको छ । कैलारी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा थारु आलु खेतीमा संलग्न कृषक समूहलाई कृषि उपकरण सहयोग दिएको हो ।

वडा नम्बर २ स्थित जागरण महिला कृषक समूहलाई दुई वटा पावर ट्रिलर र दुई वटा पानी तान्ने मोटर दिएको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ ।

कैलारी गाउँपालिकाका उपाध्यक्ष भगवतीकुमारी चौधरी र वडा अध्यक्ष विकास चौधरीले महिला समूहलाई कृषि उपकरण हस्तान्तरण गरेका छन् । सो अवसरमा उपाध्यक्ष चौधरीले थारु आलु उत्पादन बढाउन कृषकलाई आग्रह गरिन् । उत्पादित आलुको बजारीकरणमा गाउँपालिकाले सहयोग गर्ने पनि उनले प्रतिबद्धता जनाइन् ।
रैथाने थारु आलु अन्य जातका आलुभन्दा स्वादिष्ट मानिन्छ । यो आलु मिठो रहने गरेकाले बजारको समस्या नरहेको उपाध्यक्ष चौधरीको भनाइ छ । सो गाउँपालिकामा थारु आलु उत्पादन बढाउन थारु आलु पकेटक्षेत्र बनाएर खेती गरिएको छ ।