धनगढी, १६ पुस । जानकी गाउँपालिकाको १३ औं गाउँसभा (हिउँदे अधिवेशन) सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँ कार्यपालिकाले आ.व. २०८०÷०८१ को लागि संशोधन भएको कार्यक्रमहरु सभाले पारित गरेको छ । त्यसैगरी विभिन्न मितिमा गाउँ कार्यपालिका बैठकमा निर्णय भएको तर गाउँसभाले अनुमोदन गर्नुपर्ने निर्णय पनि गाउँसभाले अनुमोदन गरेको छ ।

सोही अवसरमा आ.व. २०७९/०८० मा उत्कृष्ट कार्य गरेका ६ जना कर्मचारीहरुलाई जानकी गाउँपालिकाको स्थानीय सेवा पुरस्कार सम्बन्धी कार्यविधि, २०८० बमोजिम सम्मानित गरेको छ । सम्मानित तथा पुरस्कृतहुने हरुमा क्रमशः स्वास्थ्य शाखा प्रमुख जित बहादुर चौधरी, वन, वातावरण तथा विपद् व्यवस्थापन ाखा प्रमुख नेत्र प्रसाद जैशी, वडा नं. १ का वडा सचिव तिर्थ बहादुर डंगौरा, दुर्गौली स्वास्थ्य चौकी प्रमुख पदम सिंह परियार, अरुणोदय मा.वि. जानकी–९, खैरीफाँटाका प्रधानाध्यापक कपिल राज भाट र कार्यालय सहयोगी रेश्मा चौधरी रहेका छन् ।
गाउँपालिकाले स्थानीय स्तरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तित्व तथा संस्थालाई पनि सम्मान गरेको छ । उत्कृष्ट कृषक समूह तर्फ कोसेली कृषक समूह, जानकी–३ सुवर्णपुर, उत्कृष्ट पशुपालन कृषक तर्फ टिया पशुपंक्षी पालन फर्म, जानकी–५, पथरैया, उत्कृष्ट निर्माण व्यवसायी तर्फ राज निर्माण सेवा प्रा.लि. टीकापुर–१, कैलाली, उत्कृष्ट करदाता तर्फ मालिका ईस्टिल्स प्रा.लि. जानकी–८, कैलाली, उत्कृष्ट स्वास्थ्य स्वयंसेविका तर्फ जानकी कुमारी चौधरी, जानकी–८, कैलालीलाई सम्मानित गरेको छ ।
गाउँसभाकै अवसर पारेर जानकी गाउँपालिका परिसरमा रक्तदान कार्यक्रम समेत सम्पन्न भएको छ । जसमा ३५ जना जनप्रतिनिधि तथा कर्मचारीहरुले रक्तदान गरेका छन् ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लालमति कठरिया, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी लगायतले मनतब्य राखेका थिए ।