१० चैत्र २०८१, सोमबार March 24, 2025

रेडक्रस सोसाइटी भजनी उपशाखा सभापतिमा रामनारायण

१७ माघ २०७९, मंगलवार
रेडक्रस सोसाइटी भजनी उपशाखा सभापतिमा रामनारायण

कैलाली । नेपाल रेडक्रस सोसाइटी भजनी उपशाखाको नयाँ कार्यसमिति चयन गरिएको छ ।
उपशाखाको २६ औं साधारणसभाबाट कार्यसमितिको सभापतिमा रामनारायण चौधरीलाई चयन गरिएको छ । त्यसैगरि उपसभापतिमा शारदा मल्ल, सचिवमा राम प्रसादशर्मा, उपसचिवमा टेकेन्द्र विक्रम शाह, कोषाध्यक्षमा चित्र बहादुर साउद र उपकोषाध्यक्षमा हरि देवकोटा चयन भएका छन् ।


कार्यसमितिको सदस्यहरुमा क्रमशः सरस्वती चन्द, कवि परियार, सुरेश कुमार चौधरी, सोनपती चौधरी, कविता शाह रहेका छन् ।