२७ आश्विन २०८१, आईतवार October 13, 2024

रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता

१५ माघ २०७९, आईतवार
रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता

काठमाण्डौं। रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनी आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् ।
लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार लामिछानेको पुनः नागरिकता कायम भएको बताए ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो । यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाएका थिए ।
त्यसैले उनी अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका थिए ।
चितवन निर्वाचन क्षेत्र–२ बाट चुनाव जितेर सांसद हुँदै उपप्रधानसहित गृहमन्त्री बनेका लामिछाने नागरिकता विवाद मुद्धामा दोषी ठहरिएका थिए । उक्त मुद्धामा शुक्रबार सर्वोच्च अदालतले रविलाई दोषी ठहर गर्दै सांसदसहित मन्त्री पदबाटसमेत बर्खास्त गर्ने फैसला सुनाएको थियो ।