कैलाली । थारु म्युजिक भिडियो नजरसे नजरिया–२ सार्वजनिक भएको छ ।
सेबिल इन्टरटेनमेन्ट युट्यूब च्यानलबाट सार्वजनिक म्युजिक भिडियोमा रोनी चौधरी र रुपा महतोको मुख्य अभिनय रहेको छ ।
बुद्धिराम महतोको शब्द संगीत रहेको गीतमा अन्नु चौधरी र खेम चौधरीको स्वर रहेको छ । ड्रिम रेकर्डिङ स्टुडियो काठमाण्डौंमा रेकर्र्ड गरिएको गीतको एरेन्ज गणेश चौधरीले गरेका छन् । म्युजिक भिडियो सार्वजनिक भएसँगै दर्शक स्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।
चार वर्ष पहिले २०७६ मा सार्वजनिक भएको ‘नजरसे नजरिया मिलाके’ पहिलो पार्टले दर्शक तथा स्रोताहरुको मन जित्न सफल भएको थियो । एनडी स्टुडियो द स्टोरी मेकर युट्युव च्यानलबाट सार्वजनिक भिडियोलाई १.७ मिलियन बढी दर्शक तथा स्रोताहरुले हेरिसकेका छन् । यसका साथै म्युजिक भिडियोलाई उत्कृष्ट म्युजिक भिडियोको रुपमा प्रतिक्रिया दिएका छन् ।
म्युजिक भिडियोमा बीर चौधरी, रोहित सिंह चौधरी, अमन चौधरी, रितु चौधरी, मुस्कान चौधरी र सृजना चौधरीको मुख्य अभिनय रहेको छ । शब्द संगती सुमन चौधरीको रहेको गीतमा श्री निवास चौधरी र अन्नु चौधरीले स्वर दिएका छन् । गीतको एरेन्जर गणेश चौधरीले गरेका छन् ।
म्युजिक भिडियो हिरा चौधरीले डारेक्सन गरेका छन् भने रबीन चौधरीले कोरियोग्राफी गरेका छन् । कयामेरा मेन लक्ष्मण घिमिरे र एडिट सुरेश चौधरीले गरेका छन् ।