२० माघ २०७९, शुक्रबार February 3, 2023

कैलारीमा आँखा जाँच शिविर

९ माघ २०७९, सोमबार
कैलारीमा आँखा जाँच शिविर

कैलाली । कैलालीको कैलारी गाउँपालिकामा आँखा जाँच शिविर सञ्चालन भएको छ ।
सोमबार गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले शिविरको उद्घाटन गरेका थिए । वडा नम्बर ३ का वडा अध्यक्ष सन्तराम चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।


कैलारी गाउँ पालिकाको आयोजना एवं धनगढी नेत्रालय प्रालिको प्राविधिक सहयोगमा आँखा जाँच शिविर सञ्चालन भएको हो । आँखा जाँच शिविर गाउँपालिकाको ९ वटै वडामा सञ्चालन हुने जनाइएको छ ।


पहिलो दिन वडा न. ३ मा भएको शिविरमा ३५६ जनाले आँखा उपचार सेवा लिएको स्वास्थ्य शाखा प्रमुख नरेश चौधरीले जानकारी दिए । जसमध्ये ११९ जनालाई निःशुल्क चश्मा वितरण गर्नुका साथै ५४ जनालाई निःशुल्क शल्यक्रियाको लागि सिफारिस गरिएको समेत उनले बताए ।