२ असार २०८१, शनिबार June 15, 2024

भजनीमा माघी मिलन तथा सांस्कृतिक कार्यक्रम

६ माघ २०७९, शुक्रबार
भजनीमा माघी मिलन तथा सांस्कृतिक कार्यक्रम

कैलाली । थारु समुदायको महान पर्व तथा नयाँ वर्ष माघको अवसरमा कैलालीको भजनी नगरपालिकामा माघी मिलन तथा सांस्कृतिक कार्यक्रम २०७९ भएको छ ।
‘हमार संस्कृति हमार पहिचान, संस्कृति बचैना हमार अभियान’ भन्ने मुल नाराका साथ नगर स्तरीय भलमन्सा तथा बडघर समिति भजनीको सहकार्य र भजनी नगरपालिकाको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि कैलाली जिल्ला भलमन्सा तथा बडघर समितिका अध्यक्ष बेलारु चौधरी रहेका थिए । कार्यक्रमका विशिष्ठ अतिथीमा नगर उपप्रमुख राजु तिरुवा, पूर्व नगर उपप्रमुख छाया देबकोटा रहेका थिए ।
त्यसैगरि अतिथीहरुमा वडा नं. ३ का वडा अध्यक्ष तथा प्रवक्ता बिक्रम चौधरी, वडा नं. १ का वडाअध्यक्ष धर्मेन्द्र श्रेष्ठ, वडा नं. ६ का वडाअध्यक्ष राम सागर चौधरी, नगर स्तरीय भलमन्सा तथा बडघर समिति भजनीका अध्यक्ष खोज राम चौधरी, जनता सामुदायिक पुस्तकालयका अध्यक्ष हेमेन्द्र भारद्वाज लगायत विभिन्न राजनितीक दलका प्रतिनिधि, सरकारी गैर सरकारी संघ संस्थाका प्रतिनिधि, भजनी नगरपालिकाका सम्पुर्ण भल्मन्सा, प्रहरी सुरक्षाकर्मी, पत्रकार, बुद्धिजीवी, समाजसेवी स्थानीय कलाकार लगायत रहेका थिए ।
कार्यक्रममा थारु लोकसंस्कृति, लोकगीत, स्थानीय तथा राष्ट्रिय थारू कलाकारहरुको गीत तथा नृत्य, नाटक, सखिया नाच, हुड्के नाच प्रदशन गरिएको थियो ।