कैलाली । सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमा बिष्ट नेपालमै रोजगारी सृजना गर्न अग्रसर हुने बताएकी छन् ।
शुक्रबार समाबेशी तथा दिगो सामुदायिक विकास केन्द्रले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उनले वेरोजगार रहेका युवाका लागि नेपालमै रोजगारी सृजना गर्न अग्रसर हुने बताएकी हुन् । प्रदेश सभा सदस्य विष्ट संस्थाकी संस्थापक कोषाध्यक्ष हुन् ।
आर्थिक कारणले संस्थाले परिकल्पना गरेको लक्ष्य तथा उद्देश्य हासिल गर्न नसकेको बताउँदै उनले अब प्रदेश सरकारबाट हुने सहयोग रहने प्रतिवद्धता जनाइन् ।
‘हामीले वेरोजगार युवाका लागि नेपालमै रोजगारी सृजना गर्ने गरि संस्था स्थापना गरेका थियौँ’, उनले भनिन्–‘तर आर्थिक कारणले संस्थाले परिकल्पना गरेको लक्ष्य तथा उद्देश्य हामीले हासिल गर्न सकेनौँ, अब संस्थाका लागि प्रदेश सरकार अथवा मेरो तर्फबाट हुने सहयोग रहने छ ।’
कार्यक्रममा संस्थाकी संयोकज वेद अवस्थी, महासचिव ठाकुर प्रसाद करिया प्रधान लगायत संस्थाका सदस्यहरुले प्रदेश सभा सदस्य विष्टलाई खादा तथा माला लगाएर बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।
यहाँका युवाहरुलाई परिचानल तथा रोजगार बनाउन १५ जेठ २०७६ मा संस्थाको स्थापना भएको हो । संस्था मार्फत धनगढीको कनरीमा अर्गानिक तरकारी खेतीको पनि सुरुवात गरिएको थियो । तर आर्थिक तथा विविध कारणले संस्थाले आफ्नो लक्ष्य प्राप्ती गर्न सकेन ।
संस्थाकी सयोजक अवस्थीले विभिन्न संघ संस्था तथा दातृ निकायसंग समन्वय सहकार्य गरि पुनः संस्था मार्फत यहाँका वेराजगार युवाहरुलाई परिचालन तथा रोजगारी सृजनाका लागि अग्रसर हुने बताइन् ।