कैलाली । सुदूरपश्चिम प्रदेशकी पूर्वभौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरीले थारु देउथानको संरक्षण सम्बद्र्धन गर्नुपर्ने आवश्यक रहेको बताएकी छिन् ।
सोमबार कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बासकोटा गाउँमा निर्मित थारु देउथानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री चौधरीले थारु देउथान लोप हुँदै गइरहेको संरक्षण र सम्बद्र्धन गर्न आवश्यक रहेको बताएकी हुन् ।
यसका साथै उनले आफू पदमा रहँदा या नरहँदा जनताहरुको हक अधिकार लगायत विकास निर्माणका लागि सदैव अग्रसर रहने बताएकी थिइन् ।
देउथान वडा नम्बर ४ र उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा निर्माण भएको हो ।
सोही कार्यक्रममा थारु समुदायको महान पर्व माघको शुभकामना आदानप्रदान पनि गरिएको थियो ।