धनगढी । नागरीक उन्मुक्ति पार्टीले समाभामुखलाई मतदान गर्ने भएको छ । नाउपाले सत्ता साझेदारका उम्मेदवार नेकपा माओवादीका भिम बहादुर भण्डारीलाई मतदान गर्ने भएको छ । नाउपाले भिम भण्डारीलाई मतदान गरेपछि सभामुखमा भण्डारी निर्वाचित हुने छन ।
सत्ता साझेदारका नेकपा एमालेका १०,नेकपा माओवादीका ११,नाउपा ७ र राप्रपाको १ साँसदले मतदान गरे पछि भिम बहादुर भण्डारीको पक्षमा २९ जना साँसद छन भने ।
प्रति पक्षमा रहेको नेपाली कांग्रेसका सभामुखका उम्मेदवार मान बहादुर रावल रहेका छन । रावलका पक्षमा २३ जना साँसद रहेका छन भने एक जना स्वतन्त्र साँसद छन ।