३२ असार २०८१, सोमबार July 15, 2024

जेष्ठ नागरिकलाई न्यानो कपडा

२९ पुष २०७९, शुक्रबार
जेष्ठ नागरिकलाई न्यानो कपडा

कैलाली । जोशीपुर गाउँपालिकाले जेष्ठ नागरिकलाई न्यानो कपडा सहित सम्मान गरेको छ ।
जोशीपुर गाउँपालिका वडा नं ७ को आर्थिक वर्ष २०७९/८० को कार्यक्रम अन्र्तगत वडा भित्रका ७० वर्ष माथिका जेष्ठ नागरिकलाई न्यानो कपडा सहित सम्मान गरेको हो ।
गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रममा प्रमुख अतिथी चित्र बहादुर चौधरीले कपडा वितरण गरेका थिए । उनले कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले न्यानो कपडाले जेष्ठ नागरिकलाई राहत महसुस हुने विश्वास व्यक्त गरका थिए । वडा अध्यक्ष बम बाहादुर शाहको अध्यक्षतामा भएको थियो ।
केही दिन यता कैलालीमा एक्कासी शितलहर तथा जाडो बढेर यहाँका जनजीवन प्रभावित भएको छ । जाडोले बालबालिका तथा जेष्ठ नागरिक बढी प्रभावित हुने गर्दछन् ।