९ बैशाख २०८१, आईतवार April 21, 2024

कैलारी गाउँपालिकाको हिउँदे अधिवेशन सुरु

२८ पुष २०७९, बिहीबार
कैलारी गाउँपालिकाको हिउँदे अधिवेशन सुरु

हसुलिया । कैलाली जिल्ला कैलारी गाउँपालिकाको हिउँदे अधिवेशन बिहीबारबाट सुरु भएको छ ।
आर्थिक बर्ष २०७९/८० सालको गाउँसभा अधिवेशन (हिउँदे अधिवेशन) गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा टीकापुर घटनालाई राजनितिक घटना, पुस अन्तिमदेखि माघ ३ गतेसम्म माघ पर्वको लागि सार्वजनिक विदा, जिल्ला समन्वय समिति कैलालीका सभापति पदम कलेलको दुखद निधन भएकोले शोक प्रस्ताव पारित गरि हिउँदे अधिवेशनको उदघाटन कार्यक्रम सम्पन्न भएको हो ।


हिउँदे अधिवेशन उदघाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी, वडा नम्बर १ देखि ९ सम्मका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, प्रमुख प्रशासकीय अधिकृृत विरबहादुर ऐर, सामाजिक विकास शाखा यगम कलेल, विभिन्न शाखाका प्रमुख, कर्मचारीहरुको सहभागिता रहेको थियो ।
शुक्रबारको कार्यपालिका बैठकबाट विभिन्न विषयगत समितिसँग परामर्श गर्ने, कानून सल्लाहकार, विज्ञसँग विद्येयकबारे छलफल गरी पुनः बस्ने गाउँसभा बैठकमा समितिका संयोजक विकास चौधरीले प्रस्ताव पेश गर्ने गाउँपालिकाका प्रवक्ता दिपेन्द्रबहादुर बमले बताए ।